२२ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ५ सय १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमा ६ सय २५ जना महिला र ८ सय ८७ जना पुरुषमा संक्रमण भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
योसँगै उपत्यकाको काठमाडौँमा ७० हजार ७ सय ७३, भक्तपुरमा ६ हजार ४ सय ३० र ललितपुरमा ९ हजार ९ सय ९१ जना गरी हालसम्म कोरोना संक्रमितको जम्मा संख्या ८ हजार ६ सय ८२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी २ हजार ७ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै २ हजार २ सय ४ जना संक्रमित निको भएका छन् भने १७ जना संक्रमितको मृत्यु भएको छ ।