Nepal's Trusted Health Online Portal

शनिबार नेपालमा २ हजार ७५३ जना कोरोना संक्रमित

Get real time updates directly on you device, subscribe now.

२२ कार्तिक, काठमाडौँ । नेपालमा शुक्रबार २ हजार ७ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ५ सय १२ जना काठमाडौँ उपत्यकाका छन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४ सय २३ नमुना परीक्षण गरिएको छ । जसमध्ये १ हजार ७७ महिला र १ हजार ६ सय ७६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

नेपालमा हालसम्म १ लाख ९१ हजार ६ सय ३६ जना कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् । पछिल्लो २४ घण्टामा २ हजार २ सय ६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ५५ हजार १ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०८७ पुगेको छ ।

 

 

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.