Nepal's Trusted Health Online Portal

खोकी लाग्दा के गर्ने ? के खाने ? के नखाने ?

Get real time updates directly on you device, subscribe now.

स्वास्थ्य पोष्ट् । सामान्यतया जाडोमा बढी हुने खोकीको समस्या जाडो तथा गर्मी दुवै मौसममा हुन्छ । कतिपयमा खोकीसँगै रुघाको समस्या पनि देखिन्छ । कतिपयलाई भने दीर्घरोगकै रुपमा खोकी लाग्ने गर्छ । सामान्य खोकी देखि गम्भिर रोगका लक्षणको रुपमा पनि खोकी लाग्न सक्छ । सामान्य खोकी एन्टिवायोटिक्स वा घरेलु उपचारले पनि निको हुन सक्छ । धेरैजसो खोकी भाइरसका कारण लाग्ने गर्छ । प्रायगरी खोकी सुख्खा र कफ आउने खालको हुन्छ । सामान्य खोकी स्वस्थ जीवनशैली तथा घरेलु उपचारले पनि ठिक हुनसक्छ । खोकी निको नभएमा चिकित्सकको सल्लाह लिनु पर्दछ । हामीले यहाँ सामान्य खोकी लाग्दा खाने र नखाने कुराहरुको बारेमा जानकारी प्रस्तुत गरेका छौं । जुन खोकी निको पार्न महत्वपूर्ण छ ।

खोकी लाग्दा के खाने ?

  • मनतातो पानीः पानी पिउँदा उमालेर सेलाएको मनतातो पानी मात्र पिउनु पर्छ । मनतातो पानी छिनछिनमा पिउँदा घाँटीलाई आराम मिल्छ ।
  • महः महलाई तातो पानीमा मिलाएर वा नमिलाई पनि एक पटकमा एक देखि दुई चम्चा सम्म सेवन गर्न सकिन्छ । महले घाँटीलाई सुख्खा हुन नदिने हुनाले खोकीबाट आराम मिल्छ ।
  • कागती, अदुवा र मह हालेको तातो पानीः ब्रिटेनको नेशनल इन्स्टिच्युट फर हेल्थ एण्ड कियर एक्सिलेन्स (एनआसीई) र पब्लिक हेल्थ इंग्ल्याण्ड (पिएचई) ले एन्टिबायोटिक्सले खोकी निको पार्न थोरै मात्र मद्दत गर्ने भन्दै कागती, अदुवा र मह हालेको तातो पानीले खोकीको लक्षण सुधार गर्न मद्दत गर्ने केही सीमित प्रमाणहरू रहेको बताएको छ ।
  • अदुवा, तुलसी, लेमनग्रास तथा ल्वाङको चिया (चिनी नहालेको)
  • छोकडा, किसमिस
  • ज्वानो तथा जिरापानी
  • हरियो तरकारी तथा सलादफल उसिनेर सेवन गर्ने
  • स्वस्थकर खानेकुराको मात्र सेवन गर्ने
  • झोलिलो खानेकुरा
  • मनतातो नुनपानीले कुल्ला गर्ने ।

के नखाने ?

  • दुध, घ्यू, दुग्धपदार्थ
  • माछामासु/पशुजन्य पदार्थ
  • चिल्लो/तेलघ्यूमा भुटेतारेका खानेकुरा
  • चिनी तथा चिनीबाट बन्ने मिठाइका परिकार
  • अमिलो तथा पूरानो गालेको अचार
  • प्याकेटका खानेकुरा/जङ्क फुड
  • चिसो पेय पदार्थ/आइसक्रिम/फ्रिजमा राखिएका खानेकुरा
  • धुम्रपान/मद्यपान नगर्ने
  • बदाम, ओखर, नरिवल, ड्राई नट्स
  • कार्बोहाइड्रेट बढी भएका खानेकुरा
  • तोरीको साग/सेतो काउली/च्याउ/मुला/काँक्रो
  • कफी तथा दुधको चिया
  • मसलेदार खानेकुरा
  • चिकित्सकको सल्लाह वा प्रेस्क्रिप्सनबिना औषधि/एन्टिवायोटिक्स

के गर्ने ?

  • नुनपानी (मनतातो)ले कुल्ला गर्ने ।
  • पर्याप्त सुत्ने ।
  • दैनिक १–२ घण्टा घाममा बस्ने/न्यानो ठाउँमा बस्ने ।
  • हल्का प्राणायम गर्ने ।
  • घाँटी र छातीमा पसिना जम्न नदिने, पसिना सफा कपडाले पुछ्ने ।
  • धुवाँ, धुलो, चिसोबाट बच्ने ।
  • घरबाहिर किस्किँदा अनिवार्य मास्कको प्रयोग गर्ने ।
  • उचित आहार विहार गर्ने ।
  • घरमै पाकेका ताजा र स्वस्थकर, कफ बढ्न नदिने खानेकुराको मात्र सेवन गर्ने ।

सुझाइएका वस्तुहरुको सेवन अत्याधिक वा गलत तवरले गरेमा हानिकारक पनि हुनसक्छ । प्रस्तुत उपाय राम्ररी अवलम्बन गर्दा पनि हप्ता दश दिन भन्दा बढी समयसम्म खोकीको लक्षण रहेमा चिकित्सकलाई भेट्नुपर्छ ।

 

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.