२८ साउन, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्डियोभास्कुलर विभाग प्रमुख वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन् ।
डा.कोइरालाले सामाजिक सञ्जाल एक्समार्फत शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्दका कार्यकारी निर्देशक समक्ष राजिनामा दिएका छन् । अमेरिका पुगेका डा.कोइरालाले उहीँ रहँदा राजीनामा दिएका हुन् ।
उनले राजीनामाको कारण व्यक्तिगत भनेका छन् । सामाजिक सञ्जाल एक्समा एक पोष्ट् गर्दै कोइरालाले लेखेका छन्, “म यस केन्द्रको कार्डियोभास्कुलर विभागको विभागीय प्रमुखका साथै बरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जनका रुपमा कार्यरत रहेकामा हाल व्यक्तिगत कारणले सो पदहरुमा कार्य गर्न असमर्थ रहेकाले विद्युतीय इमेल÷हस्ताक्षर प्रमाणिकरण गर्न हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर, २०२५ अघि केन्द्रमा उपश्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज, २०८२ देखि लागु हुनेगरी मेरो राजीनामा स्वीकृत गरी संचालक समितिलाई समेत अवगत गराइदिनुहुन अनुरोध गर्दछु ।”
संघीय सरकारले अस्पताललाई मुटुबाट बिस्तार गरी यसै वर्षदेखि ‘शहीद गंगालाल राष्ट्रिय हृदय तथा स्नायु केन्द्र’का रुपमा देशलाई गौरवान्वित हुने मौका दिनेछ भन्नेमा विश्वस्त रहेको भन्दै डा.कोइरालाले आफू सल्लाह सुझावका लागि हरदम तयार रहेको समेत उल्लेख गरेका छन् ।
Comments are closed, but trackbacks and pingbacks are open.