Nepal's Trusted Health Online Portal

उपत्यकामा एकैदिन थपिए कोरोनाका ३,६६६ संक्रमित

Get real time updates directly on you device, subscribe now.

२० वैशाख, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ३ हजार ६६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा २ हजार ९२२, ललितपुरमा ५२२ र भक्तपुरमा २२२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

सोमबार देशभरी ७ हजार ४२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३७ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै २ हजार २१ जना भने कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ४३ हजार ४१ पुगेको छ । संक्रमितमध्ये २ लाख ८६ हजार १५ अर्थात ८३.३ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ३ हजार ३६२ जनाको मृत्यु भइसकेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.