१७ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र १ हजार ७७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३६१, ललितपुरमा २७१ र भक्तपुरमा ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
अब उपत्यकामा सक्रिय संक्रमितको संख्या ४७ हजार ४०७ रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा ३२ हजार १७, ललितपुरमा ९ हजार ९०७ र भक्तपुरमा ५ हजार ४८३ छन् ।
पछिल्लो २४ घण्टामा देशभरी ५ हजार २९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८ हजार १९१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा गरी ८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म संक्रमितमध्ये ८ लाख ६२ हजार ८९८ अर्थात ९०.५ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ११ हजार ७४३ जनाको मृत्यु भइसकेकोे छ ।