Nepal's Trusted Health Online Portal

सर्पले टोकिहाले के गर्ने ?

Get real time updates directly on you device, subscribe now.

सर्पले टोकि हाले के गर्ने?
हामी सबैलाई थाहा छ सर्प एक विषालु प्राणी हो । नेपालमा पनि सर्पको टोकाईबाट धेरै मानिसको ज्यान जाने गरेको छ । सकभर सर्पको टोकाईबाट बच्ने कोसिस गर्नुपर्दछ । यद्यपि टोकिहालेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, तथा सूचना केन्द्रले देहायका उपायहरुलाई सुझाएको छ । जसको पालना गर्नाले सर्पको टोकाईबाट हुने गम्भिर समस्या तथा मृत्युबाटसमेत बच्ने सम्भावना हुन्छ ।

सर्पले टोकिहालेमा अवलम्वन गर्नुपर्ने उपायहरूः

  • सर्पले डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्नुपर्दछ ।
  • सर्पले टोकेको ठाउँमा काट्ने, चुस्ने, बाँध्ने गर्नु हुँदैन ।
  • मलम, रसायनिक पदार्थ, तातो–चिसो प्रयोग गर्नु हुँदैन ।
  • विरामीको आत्मविश्वास कायम राख्न प्रयत्न गर्नुपर्दछ ।
  • धामी–झाँक्रीतिर लाग्नु हुँदैन ।
  • विष सोस्ने ढुंगाको पछि लाग्नु हुँदैन ।
  • संभव भएसम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने ।
  • जतिसक्दो चाँडो अस्पताल वा सर्प उपचार केन्द्र पुर्याउने ।

सर्पको टोकाइबाट जोगिन के गर्ने?

  • राती हिड्नु परे टर्च लाइट लिएर हिँड्ने,
  • जुत्ता वा गमबुट लगाएर हिँड्ने,
  • खुट्टा राम्ररी छोप्ने बाक्लो प्यान्ट लगाएर हिँड्ने,
  • घर वरपरको घाँस, झारपात काटेर सफा राख्ने,
  • जमिनका दुलाहरू टाल्ने,
  • पराल, दाउरा, आदि लिन जाँदा होसियारी अपनाउने,
  • सुत्नुअघि ओछ्यान, खाटमुनी र वरपर राम्ररी हेर्ने,
  • सधैँ झुल टाँगेर सुत्ने ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.