१७ माघ, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ७४३ पुगेको छ । संक्रमितमध्ये १.४ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ५ हजार २९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ८ हजार १९१ जना भने संक्रमणमुक्त भएका छन् ।