१६ कार्तिक, काठमाडौँ । आइतबार देशभर ७८ जना कोरोना संक्रमितको भेन्टिलेटर र २८३ जनाको आई.सी.यु. कक्षमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं. १ मा २९ जना, प्रदेश नं. २ मा ११ जना, बागमति प्रदेशमा १८० जना, गण्डकी प्रदेशमा १५ जना, लुम्बिनी प्रदेशमा ३९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना आई.सी.यु.मा उपचाररत छन् ।
प्रदेश नं. १ मा १२ जना, बागमति प्रदेशमा ५८ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा ५ जना र सुदूरपश्चिम प्रदेशमा १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा देशभरी २ हजार ८ सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ३ हजार ६ सय २० जना संक्रमित निको भएका छन् ।