१६ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ६ सय २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँमा १ हजार ३ सय ६२ जना, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै काठमाडौँमा ६३ हजार २ सय १७, भक्तपुरमा ५ हजार ७ सय ९५ र ललितपुरमा ८ हजार ८ सय ५८ जना गरी हालसम्म कोरोना संक्रमितको जम्मा संख्या ७७ हजार ९ सय ७० पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरी २ हजार ८ सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ३ हजार ६ सय २० जना संक्रमित निको भएका छन् ।