Nepal's Trusted Health Online Portal

कलाकार दीपाश्री निरौलाको ‘ब्रेन ट्युमर’को शल्यक्रिया

Get real time updates directly on you device, subscribe now.

२८ असार, काठमाडौं । चर्चित अभिनेत्री तथा चलचित्र निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर पुष्टि भएको छ । गत मंगलबार ट्युमरको सफल शल्यक्रियासमेत भएको छ ।

उनको काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा शल्यक्रिया गरिएको हो । शल्यक्रिया पश्चात हाल आइसियूबाट जनरल वार्डमा सारिएको छ ।

सुटिङकै क्रममा ब्रेन ट्युुमर पत्ता लागेपछि शल्यक्रिया गरिएको चलचित्र निर्देशक दीपकराज गिरीले फेसबुकमा एक स्ट्याटस लेख्दै जानकारी दिएका छन् ।

निरौलाको अन्नपूर्ण न्यूरो अस्पतालका न्युरोसर्जन डा.वसन्त पन्त, डा.सुदन ढकाल, डा.नविन पन्थी, डा. शम्भु बहादुर कार्की (एनेस्थेसिया विभाग) तथा आइषा रेग्मी (नर्सिङ विभाग)को टिमले शल्यक्रिया गरेका हुन् ।

उनको ट्युमर पुर्णरुपमा निकालिएको छ । शल्यक्रियापछि कुनै नयाँ समस्या देखिएको छैन । हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Comments are closed, but trackbacks and pingbacks are open.