Nepal's Trusted Health Online Portal

एकै परिवारका ७ जनामा कोरोना पुष्टि, एकको मृत्यु

Get real time updates directly on you device, subscribe now.

१६ वैशाख, काठमाडाैं। सुनसरीमा एकै परिवारका ७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने एक जनाकाे मृत्यु भएकाे छ ।

सुनसरीको इनरुवा नगरपालिका–३ का  एक परिवारका सबै सदस्य कोरोना संक्रमित भएका हुन्। संक्रमित मध्ये बुधबार होम आइसोलेसनमा बसेकी वृद्धाको मृत्यु  भएको हाे ।

कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेकी ८४ वर्षीय वृद्धाको मृत्यु भएको वडा अध्यक्ष कालुराम गुरुङले बताए।

 

 

गुरुङका अनुसार नोबेल मेडिकल कलेजमा पिसिआर जाँच गर्दा ८४ वर्षीय वृद्धासँगै परिवारका सबै सदस्यलाई कोरोना देखिएको थियो । घरमा बसेकी वृद्धाको बुधबार बेलुका मृत्यु भएको हो ।

वृद्धाका छोराको स्वास्थ्यमा पनि गम्भीर समस्या देखिएका पछि  अस्पतालमा भर्ना गरिएको छ । गम्भीर समस्या देखिएकाको  विराट मेडिकल कलेजको कोभिड युनिटमा अहिले उपचार भईरहेको छ भने अन्य पाँच सदस्य भने होम आइसोलेसनमै छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.