Nepal's Trusted Health Online Portal

पूर्वरानी कोमलकाे उपचार प्लाज्मा थेरापीबाट गरिँदै

Get real time updates directly on you device, subscribe now.

काठमाडाैं: काेराेना संक्रमित भएर आईसीयू भर्ना गरिएकी पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गरिने भएको छ।

नर्भिक इन्टरनेसनल अस्पतालमा उपचाररत शाहका लागि प्लाज्माको खोजी भइरहेको हो।

पूर्वरानी शाहको उपचारमा संलग्न डा. जेपी जैसवालले सम्भव भएसम्म बिहीबार नै प्लाज्माबाट उपचार गरिने बताए। उनले भने, ‘प्लाज्माको खोजी भइरहेको छ, त्यसबाट आजै उपचार थाल्ने हाम्रो योजना छ।’

कोरोना संक्रमण भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल वैशाख ७ गते नर्भिक अस्पताल भर्ना भएका थिए।

कोमललाई भने श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार आइसियूमा सारिएको छ। उनको अवस्था स्थिर र सुधारोन्मुख रहेको जैसवालले बताए।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.