२ माघ । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ सय ७२ जना जना जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ५९ जना महिला र ११३ जना पुरुष रहेका छन् ।
हाल उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा २ हजार ३३४, ललितपुरमा २८७ र भक्तपुरमा ७२ गरी २ हजार ६९३ जना कोरोना भाइरसको सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी २ सय ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ३ सय ९० जना संक्रमित निको भएका छन् ।