Nepal's Trusted Health Online Portal

थप २७० जनामा कोरोना संक्रमण पुष्टि

Get real time updates directly on you device, subscribe now.

२ माघ, काठमाडौँ । शुक्रबार देशभर २ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ सय ७२ जना काठमाडौँ उपत्यकाका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८४ नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ९० जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै ५ जनाकोे कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
नेपालमा हालसम्म २ लाख ६६ हजार ८ सय १६ जना कोरोना भाइरसबाट संक्रमित बनेको सरकारी तथ्याङ्क छ । जसमध्ये २ लाख ६० हजार ५ सय ६६ जना अर्थात ९७.७ प्रतिशत संक्रमण मुक्त भएका छन् भने १ हजार ९ सय ४८ जनाको मृत्यु भइसकेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.