१७ कार्तिक, काठमाडौँ । नेपालमा सोमबार २ हजार ९ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ६ सय ३० जना काठमाडौँ उपत्यकाका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ४ सय ४६ नमुना परीक्षण गरिएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ५ सय २४ जना पुगेको छ ।
नेपालमा हालसम्म १ लाख ७६ हजार ५ सय जना कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् ।
पछिल्लो २४ घण्टामा ३ हजार १ सय ५० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ३७ हजार ५ सय २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९८४ पुगेको छ ।