१६ कार्तिक, काठमाडौँ । नेपालभर पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी २ हजार ८ सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ३ हजार ६ सय २० जना संक्रमित निको भएका छन् ।