१७ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ५ हजार २९२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ३६८ आरटी पीसीआर विधी र ५ हजार ७२० एन्टिजेन गरी जम्मा १६ हजार ८८ नमुना परीक्षण गरिएकोमा ५ हजार २९२ नमुनाको नतिजा पोजिटिभ आएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस १० लाख ८२ हजार ६६८ पुगेको छ । संक्रमितमध्ये ८ लाख ६२ हजार ८९८ केस संक्रमणमुक्त भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ७४३ पुगेकोे छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ हजार १९१ जना कोरोना संक्रमण मुक्त भएका छन् । सोमबार देशभर ७९ हजार २७२ जना सक्रिय संक्रमित छन् ।