१६ माघ, काठमाडौं । सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।
सो उमेर समुहका बालबालिकालाई दुई महिनाभित्र खोप दिने गरी प्रक्रिया अघि बढाइएको आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा.रुद्र मरासिनीले जानकारी दिए ।
आइतबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा.रुद्र मरासिनीले सोको जानकारी दिएका हुन् ।
डा.मरासिनीले ५ देखि ११ बर्ष उमेर समूहका बालबालिकाको लागि ८४ लाख फाइजर खोप किन्न प्रक्रिया अगाडि बढाइसकिएको बताए ।
५ देखि ११ वर्ष उमेर समुहका बालबालिकाहरुलाई खोप दिन राष्ट्रिय खोप समितिले पनि सरकारलाई सुझाव दिएको थियो ।