३० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा २ हजार ८६ आरटी पीसीआर विधी र १ हजार १२५ एन्टिजेन परीक्षण गरिएकोमा आरटी पीसीआर विधीबाट ९ र एन्टिजेन विधीबाट ६ जना गरी जम्मा १५ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा १०३ जना सक्रिय संक्रमित छन् ।
नेपालमा हालसम्म कोरोना पोजिटिभ केशको संख्या आरटी पीसीआर र एन्टिजेन गरी ११ लाख १९ हजार ६१५ पुगेको छ । जसमध्ये हालसम्म ९ लाख ६७ हजार २१७ संक्रमण मुक्त भएका छन् । संक्रमितमध्ये ९८.८ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।
नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ११ हजार ९५२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।