Nepal's Trusted Health Online Portal

महिलामाथि कुटपिटको आरोपमा लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा

Get real time updates directly on you device, subscribe now.

३१ जेठ, स्वास्थ्य पोष्ट् । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राज्यमन्त्री वलीलाई दाङको तुलसीपुरकी महिलामाथि कुटपिट गरेको आरोपमा मङ्गलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जन स्वाँरका अनुसार राज्यमन्त्री वलीले तुलसीपुर उपमहानगरपालिका–५ का एकराज बस्नेतकी श्रीमती मीना भण्डारीलाई बिहान ८ बजे हातपात गरेकी थिइन् ।

स्वाँरका अनुसार घरमै पुगेर भण्डारीलाई हातपात गर्दा विवाद भएपछि प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको थियो ।

‘‘स्वास्थ्य राज्यमन्त्रीज्यूले एकराज बस्नेतकी श्रीमती मीना भण्डारीलाई कुटपिट गरेपछि त्यहाँ विवाद भएको रहेछ,’’ प्रहरी निरीक्षक स्वाँरले भने, ‘‘प्रहरीलाई जानकारी आएपछि हामी त्यहाँ पुगेर राज्यमन्त्री वलीलाई लिएर आएका हौँ । अहिले विवादका बारेमा बुझ्ने काम भइरहेको छ ।’’

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.