५ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ५७० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै १ हजार ९९३ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार २८ आरटी पीसीआर विधी र २ हजार ७६१ एन्टिजेन गरी जम्मा ९ हजार ७८९ नमुना परीक्षण गरिएकोमा ५७० नमुनाको नतिजा पोजिटिभ आएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख १३ हजार १६९ पुगेको छ । संक्रमितमध्ये ९ लाख ४६ हजार ३३० केस संक्रमणमुक्त भएको छ । अब देशभर १६ हजार ६१६ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९११ पुगेकोे छ ।
नेपालमा संक्रमितमध्ये ९६.९ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।