५ फागुन, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९११ पुगेको छ । संक्रमितमध्ये १.२ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ५७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार ९९३ जना भने संक्रमणमुक्त भएका छन् ।
अब देशभर १६ हजार ६१६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।