Nepal's Trusted Health Online Portal

पूर्वप्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल पुर्‍याइयो

Get real time updates directly on you device, subscribe now.

१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल लगिएको छ । शनिबार बिहान पक्राउ परेका ओलीको स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्‍याइएको हो ।

ओलीको शिक्षण अस्पतालको इमर्जेन्सीमा स्वास्थ्य परीक्षण भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ । उनको विशेषज्ञ चिकित्सकको टोलीले स्वास्थ्य जाँच गरेको छ ।

पूर्वप्रधानमन्त्री ओलीलाई शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो ।

Get real time updates directly on you device, subscribe now.

Comments are closed, but trackbacks and pingbacks are open.