१८ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ५ हजार ५८३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ७७६ आरटी पीसीआर विधी र ६ हजार ८९८ एन्टिजेन गरी जम्मा १७ हजार ६७४ नमुना परीक्षण गरिएकोमा ५ हजार ५८३ नमुनाको नतिजा पोजिटिभ आएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस १० लाख ८८ हजार २५१ पुगेको छ । संक्रमितमध्ये ८ लाख ७१ हजार १६५ केस संक्रमणमुक्त भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ७५२ पुगेकोे छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ हजार २६७ जना कोरोना संक्रमण मुक्त भएका छन् । मंगलबार देशभर ७४ हजार ६५३ जना सक्रिय संक्रमित छन् ।