Nepal's Trusted Health Online Portal

उपत्यकामा अब ४४,५३१ सक्रिय संक्रमित, मंगलबार १,९०७ जनामा संक्रमण पुष्टि

Get real time updates directly on you device, subscribe now.

१८ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र १ हजार ९०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४०४, ललितपुरमा ३०४ र भक्तपुरमा १९५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

अब उपत्यकामा सक्रिय संक्रमितको संख्या ४४ हजार ५३१ रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा २९ हजार ५२०, ललितपुरमा ९ हजार ७२३ र भक्तपुरमा ५ हजार २८८ छन् ।

पछिल्लो २४ घण्टामा देशभरी ५ हजार ५८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८ हजार २६७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म संक्रमितमध्ये ८ लाख ७१ हजार १६५ अर्थात ९१ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ११ हजार ७५२ जनाको मृत्यु भइसकेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.