Nepal's Trusted Health Online Portal

३,६३७ कोरोना संक्रमित थपिँदा, ७,५५५ निको भए

Get real time updates directly on you device, subscribe now.

१९ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ३ हजार ६३७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ७ हजार ५५५ भने संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ४९९ आरटी पीसीआर विधी र ५ हजार ८३ एन्टिजेन गरी जम्मा ११ हजार ५८२ नमुना परीक्षण गरिएकोमा ३ हजार ६३७ नमुनाको नतिजा पोजिटिभ आएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस १० लाख ९१ हजार ८८८ पुगेको छ । संक्रमितमध्ये ८ लाख ७८ हजार ७२० केस संक्रमणमुक्त भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ७६४ पुगेकोे छ ।

अब देशभर ६९ हजार २९१ जना सक्रिय संक्रमित छन् । त्यस्तै १३८ जना विभिन्न क्वारेन्टाइनमा रहेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.