२० वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ३७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अब नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार १७६ पीसीआर र एन्टिजेन परिक्षण गरिएकोमा आरटी पिसीआर मार्फत ७ हजार ३८८ र एन्टिजेनमार्फत ६० जनालाई कोरोना पोजिटिभ देखिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा २०२१ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमितमध्ये २ लाख ८६ हजार १५ अर्थात ८३.३ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ३ हजार ३६२ जनाको मृत्यु भइसकेकोे छ ।