Nepal's Trusted Health Online Portal

स्वास्थ्य संकटकाल लगाउने तयारीमा मन्त्रालय

Get real time updates directly on you device, subscribe now.

२० वैशाख, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  स्वास्थ्य संकटकाल लगाउनका लागि छलफल सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण उच्च गतिमा फैलिएकाले त्यसालाई रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य संकटकालको आवश्यक देखिएको बताए।

उनले सोही विषयमा निर्णय गर्न स्वास्थ्य मन्त्रालय तथा मन्त्रिपरिषद्‍मा छलफल सुरु गरिएको बताए। उनले भने, ‘संकटकालका लागि छलफल सुरु भएको छ। तर, कहिलेदेखि लागू गर्ने? के-के गर्ने भन्ने अहिल्यै एकिन भएको छैन।’

यसअघि नै स्वास्थ्य संकटकाल लगाउन नेपाल चिकित्सक संघले विज्ञप्तिमार्फत आग्रह गरिसकेको छ।

स्वास्थ्य संकटकालको समयमा सरकारले निजी क्षेत्रका संरचना (अस्पताल, होटल, पार्टीप्यालेस वा अन्य भवन) सामुदायिक संरचना तथा सम्पति अस्थायी रुपमा समय तोकेर प्रयोग गर्न पाइने प्रवक्ता गाैतमले बताएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.