२० वैशाख, काठमाडौँ । अध्ययन बिदामा रहेका र हाल अध्ययन नभएका अवस्थामा सम्पूर्ण स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दी रहेको स्वास्थ्य संस्थामा हाजिर हुन निर्देशन दिएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन बिदामा रहेका सम्पूर्ण स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दी रहेको स्वास्थ्य संस्थामा हाजिर भइ सेवामा खटिन सार्वजनिक सूचना जारी गरेको हाे।मन्त्रालयमा आइतबार भएको छलफलमा उनीहरुलाई सेवामा खटाउने निर्णय भएको हो।
यस्तै, मन्त्रालयले विभिन्न चिकित्सा विद्यामा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु तथा अध्यापन गराउने सम्पूर्णलाई सम्बन्धित विश्वविद्यालय तथा कलेजहरुले उपचार व्यवस्थापनमा लगाउने साथै आवश्यकता अनुसार अन्य अस्पतालमा खटाउने निर्णय पनि गरेको छ।
