३ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २१४ जनाको मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ९ हजार २४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ५ हजार ७६७ जना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म ४ लाख ६४ हजार २१८ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ३ लाख ४५ हजार ५२३ अर्थात ७४.४ प्रतिशत संक्रमणमुक्त भएका छन् ।