Nepal's Trusted Health Online Portal

सोमबार उपत्यकामा थपिए ३ हजार ९८ कोरोना संक्रमित

Get real time updates directly on you device, subscribe now.

३ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा सोमबार थप ३ हजार ९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा २ हजार ३४६, ललितपुरमा ४५४ र भक्तपुरमा २९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

सोमबार देशभरी ९ हजार २४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने २१४ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ५ हजार ७६७ जना भने कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमितमध्ये ३ लाख ४५ हजार ५२३ अर्थात ७४.४ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ५ हजार २१५ जनाको मृत्यु भइसकेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.