Nepal's Trusted Health Online Portal

थप १५ जनामा कोरोना संक्रमण पुष्टि

Get real time updates directly on you device, subscribe now.

२७ कात्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर १ हजार ९८५ नमुना परीक्षण गरिएकोमा १५ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ७६४ नमुना आरटी पीसीआर गर्दा १४ जना तथा १ हजार २२१ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ जना गरी जम्मा १५ मा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३० जना भने संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधिबाट १० लाख ८०६ र एन्टिजेन विधिबाट १ लाख ५२ हजार १९४ पुगेको छ । संक्रमितमध्ये ९ लाख ८८ हजार २७३ केस संक्रमणमुक्त भएको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण १२ हजार १९ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.७ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।
अब देशभर ५१४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.