Nepal's Trusted Health Online Portal

देशभर ४,४३४ जना आइसोलेसनमा

Get real time updates directly on you device, subscribe now.

२९ पौष । बुधबार देशभर १ हजार १ सय ७ जना संस्थागत आइसोलेसनमा र ३ हजार ३ सय २७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयको कोभिड १९ सम्बन्धी बुधबारको प्रेस व्रिफिङ्मा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

प्रवक्ता गौतमका अनुसार प्रदेश नं १ मा ८ जना, बागमती प्रदेशमा ७१९ जना, गण्डकी प्रदेशमा ८४ जना, लुम्बिनीमा प्रदेशमा २०७ जना, कर्णाली प्रदेशमा २४ जना र सुदुरपश्चिम प्रदेशमा ६५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

त्यस्तै प्रदेश नं १ मा १५५ जना, प्रदेश नं २ मा ९७ जना, बागमती प्रदेशमा २,२५३ जना, गण्डकी प्रदेशमा १९६ जना, लुम्बिनीमा प्रदेशमा ३९१ जना, कर्णाली प्रदेशमा २५ जना र सुदुरपश्चिम प्रदेशमा २१० जना होम आइसोलेसनमा रहेका छन् ।

त्यस्तै देशभर २३७ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा प्रदेश नं २ मा ५ जना, बागमती प्रदेशमा २०१ जना र सुदुरपश्चिम प्रदेशमा ३१ जना रहेको डा. गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरी ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ४ सय १४ जना संक्रमित निको भएका छन् भने ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.