३० साउन, काठमाडौं । महिला पत्रकारहरूलाई आँखा स्वास्थ्यप्रति सजग बनाउन तिलगंगा आँखा प्रतिष्ठानद्वारा विशेष आँखा स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत महिला पत्रकारहरूले सहभागिता जनाएका छन् । उहाँहरूलाई निःशुल्क आँखाको परीक्षण, विशेषज्ञहरूसँग अन्तरक्रियात्मक सत्र तथा कार्यस्थलमा आँखा जोगाउने उपायहरूको जानकारी प्रदान गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले “पत्रकारिताजस्तो क्षेत्रमा कार्यरत महिलाहरू डिजिटल स्क्रिनको अत्यधिक प्रयोग र वातावरणीय जोखिमको चपेटामा पर्न सक्ने कारण नियमित आँखा परीक्षण र सचेतनाले दीर्घकालीन दृष्टि समस्याबाट बच्न सकिन्छ” भन्ने बताउनुभयो ।
कार्यक्रम क्यूर ब्लाइन्डनेस् प्रोजेक्टको सहयोगमा आयोजना गरिएको हो । आँखा दृष्टि गुमाएका वा जोखिममा परेका व्यक्तिहरूलाई उपचार सेवा पु¥याउने दीर्घकालीन योजना अनुुरुप प्रोजेक्टले लामो समयदेखि तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गर्दै आएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै, पुनम भण्डारी, कन्ट्री डाइरेक्टर, क्यूर ब्लाइन्डनेस् प्रोजेक्टले नेपालमा ३ लाखभन्दा बढी मानिसलाई असर पु¥याउने र करिब १० लाख मानिस जोखिममा राख्ने अन्धोपनको समस्यालाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले महिलाहरूलाई सांस्कृतिक, आर्थिक र पहुँचका बाधाका कारण डिसप्रोपोर्सनेट (असमान रूपमा) असर परेको र समयमै उपचार नपाएमा बालबालिकाहरू जीवनभरि दृष्टि गुमाउने जोखिममा रहने बताउनुभयो ।
उहाँले क्यूर ब्लाइन्डनेस्को बहुआयामिक रणनीति प्रस्तुत गर्दै भन्नुभयो — “आँखा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि, पूर्वाधार सुदृढीकरण, आउटरीच कार्यक्रम र महिला–केंद्रित कार्यक्रम विस्तार, साथै समुदाय स्तरबाट उन्नत तृतीयक सेवासम्मको प्रभावकारी रिफरल प्रणाली विकास, पछिल्ला ३० वर्षमा यी प्रयासहरूले लाखौँ मानिसहरूको दृष्टि पुनस्र्थापना गरेका छन् — जसले देशको सबैभन्दा दुर्गम क्षेत्र र देश बाहिरका ठाउँहरू समेतमा सेवा पुर्याएका छन् ।”
भण्डारीले पत्रकारहरूले समुदायमा सही र रोचक जानकारी पु¥याउने, मिथकहरू तोड्ने, रोकथामयोग्य आँखा स्वास्थ्यबारे जनचेतना जगाउने, र विशेषगरी महिला र बालबालिकालाई समयमै सेवा लिन प्रोत्साहित गर्नेमा महत्वपूर्ण भूमिका खेल्ने कुरा जोड दिनुभयो । उहाँले सचेतनाको अभावका कारण कोही पनि पछाडि नपरोस् भन्ने सुनिश्चित गर्नका लागि मिडियाले आफ्ना प्लेटफर्महरू प्रयोग गर्न आह्वान गर्नुभयो ।
इन्टरनेशनल एसोसिएशन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन (आइवार्ट नेपाल) च्याप्टर महिलामुखी सञ्चारकर्मीहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो । यसले लैङ्गिक समानता, नैतिक पत्रकारिता र सञ्चारमार्फत महिलाको सशक्तिकरणका लागि काम गर्दै महिलाको आवाजलाई सशक्त बनाउने, सामाजिक मुद्दामा चेतना अभिवृद्धि गर्ने र सकारात्मक परिवर्तनका लागि सहकार्य प्रवद्र्धन गर्ने उद्देश्य राख्छ ।
तिलगंगा आँखा प्रतिष्ठानले उपचार सेवा, अनुसन्धान, तालिम तथा ग्रामीण समुदायसम्म दृष्टि सेवा पुर्याउने कार्यलाई निरन्तरता दिँदै आएको छ । महिला पत्रकारहरूसँगको यो पहलले स्वास्थ्य क्षेत्रमा सञ्चारमाध्यमको भूमिकालाई समेत सशक्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Comments are closed, but trackbacks and pingbacks are open.