२० असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३२ हजार १ सय ६५ पुगेको छ ।
गत २४ घण्टा भित्र उपत्यकामा ५ जनाको मृत्यु भएको छ भने देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी १ हजार ५ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै २ हजार ३ सय ४० जना संक्रमित निको भएका छन् ।