Nepal's Trusted Health Online Portal

गत २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ५६३ पुग्यो

Get real time updates directly on you device, subscribe now.

२० असोज, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो समय ४ जना महिला र ५ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण काठमाडौँमा ५९ र ६० वर्षीय, ललितपुरमा ६७ वर्षीय, नवलपरासीपूर्वमा ७७ वर्षीय महिलाको मृत्यु भएको छ ।

त्यस्तै तेर्हथुममा ३१ वर्षीय, सुनसरीमा ६४ वर्षीय, ललितपुरमा ६१ र ७७ वर्षीय तथा चितवनमा ७० वर्षीय पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५६३ पुगेको छ । संक्रमितमध्ये ०.६२ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी १ हजार ५ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै २ हजार ३ सय ४० जना संक्रमित निको भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.