Nepal's Trusted Health Online Portal

बुधबार एकैदिन ३ हजार ४३९ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २५ हजार नाघ्यो

Get real time updates directly on you device, subscribe now.

२१ असोज, काठमाडौँ । नेपालभर बुधबार एकैदिन ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो नेपालमा संक्रमण फैलिए यताको सबैभन्दा उच्च संक्रमण हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार २ सय ९ नमुना परीक्षण गर्दा १ हजार २ सय ६१ महिला र २ हजार १ सय ७८ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार ७ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ । जसमध्ये ६८ हजार ६ सय ६८ जना निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार १ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ७२.८ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

हाल १० हजार ५ सय ९६ जना संस्थागत आइसोलेसनमा र १४ हजार ४ सय ११ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ४ हजार १ सय ६४ जना क्वारेन्टिनमा रहेका छन् ।

बुधबार देशभरी २ सय ३३ जना कोरोना संक्रमितहरु आई.सी.यु.मा उपचाररत छन् भने ३७ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोलुखुम्बु, मनाङ र मुस्ताङ ३ जिल्ला संक्रमण मुक्त छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.