Nepal's Trusted Health Online Portal

काठमाडौँ उपत्यकामा बुधबार १,६८४ जनामा कोरोना संक्रमण

७ को मृत्यु

Get real time updates directly on you device, subscribe now.

२१ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप १ हजार ६८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १ हजार २९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३३ हजार ८ सय ४९ पुगेको छ ।

गत २४ घण्टा भित्र उपत्यकामा ७ जनाको मृत्यु भएको छ भने देशभर १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो हालसम्कै उच्च हो । त्यस्तै १ हजार १ सय २६ जना संक्रमित निको भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.