२० असोज, काठमाडौँ । नेपालभर मंगलबार थप १ हजार ५ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४७ नमुना परीक्षण गर्दा ५ सय ९ महिला र १ हजार ४२ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको छ । जसमध्ये ६७ हजार ५ सय ४२ जना निको भइसकेका छन् । अब नेपालमा २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा २ हजार ३ सय ४० जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ७४.३ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
हाल ९ हजार १ सय १८ जना संस्थागत आइसोलेसनमा र १३ हजार ५ सय ९१ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ४ हजार २ सय २१ जना क्वारेन्टिनमा रहेका छन् ।
मंगलबार देशभरी २ सय ४३ जना कोरोना संक्रमितहरु आई.सी.यु.मा उपचाररत छन् भने ४० जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोलुखुम्बु, मनाङ, मुस्ताङ, रुकुमपूर्व र डोल्पा ५ जिल्ला संक्रमण मुक्त छन् ।