Nepal's Trusted Health Online Portal

३ वर्षीय बालकसहित एकैदिन १९ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतक संख्या ५५४ पुग्यो

Get real time updates directly on you device, subscribe now.

१९ असोज, काठमाडौँ । नेपालमा गत २४ घण्टामा १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५ जना महिला र १४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पर्सामा ६५ वर्षीय, काठमाडौँमा ७६, ८१ र ८३ वर्षीय तथा गोरखामा ४५ वर्षीय महिलाको मृत्यु भएको छ ।

त्यस्तै सुनसरीमा ५५ वर्षीय, सर्लाहीमा ४२ र ६९ वर्षीय, काठमाडौँमा २६, ६५, ६७, ७८, ८१ र ९१ वर्षीय, ललितपुरमा ३, ५५ र ७१ वर्षीय, चितवनमा ६२ वर्षीय तथा नवलपरासीपूर्वमा ३६ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५५४ पुगेको छ । संक्रमितमध्ये ०.६२ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी २ हजार ४ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार १ सय ३३ जना संक्रमित निको भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.