Nepal's Trusted Health Online Portal

उपत्यकामा थप १,५३१ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

१९ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप १ हजार ५ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १ हजार १७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय ४८ पुगेको छ ।
गत २४ घण्टा भित्र उपत्यकामा १२ जनाको मृत्यु भएको छ भने देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी २ हजार ४ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार १ सय ३३ जना संक्रमित निको भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.