Nepal's Trusted Health Online Portal

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, शुक्रबार २ हजार ५९ थपिए

Get real time updates directly on you device, subscribe now.

२३ असोज, काठमाडौँ । नेपालमा शुक्रबार २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये काठमाडौँ उपत्यकामा मात्रै १ हजार ४०९ जना रहेका छन् । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २ सय ७९ नमुना परीक्षण गर्दा ७ सय ३२ महिला र १ हजार ३ सय २७ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।

नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ५३ जना पुगेको छ । हालसम्म ७३ हजार २३ जना निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८० जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ७२.५ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

हाल ११ हजार १ सय ७६ जना संस्थागत आइसोलेसनमा र १५ हजार ८ सय ७७ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ४ हजार ७ सय ३ जना क्वारेन्टिनमा रहेका छन् ।

शुक्रबार देशभरी ३ सय १८ जना कोरोना संक्रमितहरु आई.सी.यु.मा उपचाररत छन् भने ७५ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मनाङ र मुस्ताङ जिल्ला संक्रमण मुक्त छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.