Nepal's Trusted Health Online Portal

शुक्रबार उपत्यकामा १,४०९ कोरोना संक्रमित थपिए

Get real time updates directly on you device, subscribe now.

२३ असोज । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ४ सय ९ जना कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १ हजार ११६, ललितपुरमा १६३ र भक्तपुरमा १३० जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३७ हजार ७ सय ९८ पुगेको छ ।

गत २४ घण्टा भित्र उपत्यकामा ३ जनाको मृत्यु भएको छ भने देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । त्यस्तै १ हजार ६ सय ८० जना संक्रमित निको भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.