२५ असोज । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ४ सय १६ जना कोरोना संक्रमित थपिएका छन् ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १ हजार १४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४१ हजार ८ सय ८६ पुगेको छ ।
गत २४ घण्टा भित्र उपत्यकामा ८ जनाको मृत्यु भएको छ भने देशभर २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी २ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार ५ सय ५२ जना संक्रमित निको भएका छन् ।