Nepal's Trusted Health Online Portal

एकैदिन २२ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ६३६

Get real time updates directly on you device, subscribe now.

२५ असोज, काठमाडौँ । नेपालभर गत २४ घण्टामा २२ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । पछिल्लो समय कोरोनाबाट ५ महिला र १७ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण सुनसरीमा ६२ वर्षीय महिला र ६५ वर्षीय पुरुष, धनकुटामा ६१ वर्षीय महिला, सर्लाहीमा ३८ वर्षीय पुरुष, काठमाडौँमा ६६ वर्षीय महिला तथा ६०, ७०, ७५ र ८३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै ललितपुरमा ४९ वर्षीय पुरुष, भक्तपुरमा ४४ र ५७ वर्षीय पुरुष, नुवाकोटमा ७७ वर्षीय पुरुष, चितवनमा ७५ वर्षीय महिला तथा उमेर नखुलेको एक सँगै ४७ र ९८ वर्षीय पुरुष, मकवानपुरमा ८५ वर्षीय महिला, सिन्धुपाल्चोकमा ६३ वर्षीय पुरुष तथा रुपन्देहीमा ६०, ६१ र ८४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३६ पुगेको छ । संक्रमितमध्ये ०.५९ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी २ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै २४ घण्टा यता १ हजार ५ सय ५२ जना संक्रमित निको भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.