२ कार्तिक, काठमाडौँ । नेपालमा आइतबार २ हजार ९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ६ सय ९८ जना काठमाडौँ उपत्यकाका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ८ सय ७५ नमुना परीक्षण गरिएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ जना पुगेको छ ।
नेपालमा हालसम्म १ लाख ३२ हजार २ सय ४६ जना कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् । जसमध्ये ९२ हजार १ सय ६६ जना निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा २ हजार ३ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।