Nepal's Trusted Health Online Portal

शुक्रबार नेपालमा ३ हजार ५१७ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

१४ कार्तिक, काठमाडौँ । नेपालमा शुक्रबार ३ हजार ५ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ८ सय ८८ जना काठमाडौँ उपत्यकाका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ९ सय ८९ नमुना परीक्षण गरिएकोमा २ हजार १ सय ५६ पुरुष र १ हजार ३ सय ६१ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ५ सय ५७ जना पुगेको छ ।

नेपालमा हालसम्म १ लाख ६८ हजार २ सय ३५ जना कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.