१४ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ८ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार १ सय ७ जना पुरुष र ७ सय ८१ जना महिलामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकाको काठमाडौँमा ६० हजार ७ सय ४२, भक्तपुरमा ५ हजार ६ सय ५० र ललितपुरमा ८ हजार ५ सय ९९ जना गरी हालसम्म कोरोना संक्रमितको जम्मा संख्या ७४ हजार ९ सय ९१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ३ हजार ५ सय १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ४ हजार ९६ जना संक्रमित निको भएका छन् ।