२७ मंसिर । शनिबार देशभर ३०३ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । उपचारत संक्रमितमध्ये ४१ जना भेन्टिलेटर र २६२ जना आई.सी.यु.कक्षमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा ३३ जना, प्रदेश नं २ मा ६ जना, बागमती प्रदेशमा ७० जना, गण्डकी प्रदेशमा ९१ जना, प्रदेश नं ५ मा ४८ जना तथा कर्णाली र सुदुरपश्चिम प्रदेशमा ७÷७ जना आई.सी.यु.मा उपचारत छन् ।
त्यस्तै प्रदेश नं १ मा ७ जना, प्रदेश नं २ मा २ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा ११ जना, प्रदेश नं ५ मा ३ जना, कर्णाली प्रदेशमा ४ र सुदुरपश्चिम प्रदेशमा २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा शनिबार ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार ३ सय ५९ जना संक्रमण मुक्त भएका छन् भने १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।